काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीज नजिक आउँदै गर्दा नेपाली सांगेतिक बजारमा अहिले तीजका गीतहरु छ्याप्छ्याप्ती आउन थालेका छन् । यो बीचमा चर्चित गायिका सिर्जना खत्री(हाउडेमाया) को तिज कोसेली ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ । गीतमा सिर्जना खत्री र टेक अधिकारीको स्वर रहेको छ ।

छड्के तिलहरीको लय तथा शब्द सृजना रेशम प्रधान को रहेको छ भने महेश विक्रम पाण्डेले एरेन्ज गरेका छन् । उक्त गीतमा नारीहरुको कथालाई समेटिएको छ । पछिल्लो समय महामारीको रुपमा रहेको कोरोना महामारीदेखि तोलामा एक लाख आसपास पुगेको सुनको मुल्यलाई पनि रोचक रुपमा उठाइएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

भिडियोमा श्रीमतीले छड्के तिलहरी माग गरिरहेको समयमा श्रीमानले दिन नसकेको कुरालाई उल्लेख गरिएको छ । उक्त गीतमा यादव देवकोटा (सरापे) र आयुष्मा कार्कीको दमदार अभिनय सँगै उत्कृष्ट प्रस्तुति देख्न सकिन्छ । भिडियो निर्देशन तथा सम्पादन युबराज खत्रीले गरेका छन । गीत खत्रीको आफ्नै युट्यब च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://youtu.be/xBRv9sJawEQ

सम्बन्धित खबरहरु