लगातारको वर्षापछि आएको पहिरोमा परी एकै परिवारमा ४ सहित ५ जनाको मृत्यु


काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोमा परी एकै परिवारमा ४ सहित ५ जनाको मृत्यु भएको छ । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–५ आटीपाटाबोटे गाउँमा गएराति वर्षासँगैको पहिरोले घर भत्काउँदा एकै परिवारका ४ जनाको च्यापिएर मृत्यु भएको छ ।

राजु बोटेमाझीको घरमाथिबाट पहिरो खस्दा ३० वर्षीय बिना बोटेमाझी, उनकै छोराहरू ९ वर्षीय सागर बोटेमाझी, ७ वर्षीय हेमन्त बोटे माझी र छोरी १० महिनाकी बिनिता बोटे माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा आज बिहान खसेको पहिरोमा परी भोजपुर आमचोक गाउँपालिका घर भएका २० वर्षीय राजकुमार राईको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

उदयपुर मैनामैनीबाट चतरा पुल हुँदै भोजपुर जाने क्रममा अचानक आएको पहिरोमा परी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते भएका २ जनालाई उपचारको लागि धरान घोपातर्फ लगिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
पनिकाले भन्यो : हामीले भनेको समयमा परीक्षा सञ्चालन गर्न सकिएन्, अब परीक्षा हुँदैन
त्रिविले लियो पढाइ शुरु गर्ने निर्णय, यसरी अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई अपिल [सूचनासहित]
भर्ना र कक्षा सञ्चालन नभएपनि अब यसरी सदुपयोग हुन्छ शैक्षिक सत्र, यसरी बढ्छ अर्को कक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...