काठमाडौ । एउटी आमाका लागि आफ्नो शरिर भन्दा पनि आफ्ना सन्तान कति प्यारो हुन्छन् भन्ने विभिन्न उदाहरण देखिदै आइएको छ । त्यस्तै उदाहरण हुन् लक्ष्मी कार्की । भर्खर ३४ बर्षको उर्जाशील उमेरमा ओछ्यान परेर छोराछोरीले स्याहार्नुपरेको अवस्थामा रहेकी उनी आफ्ना लागि भन्दा पनि बच्चाहरुका लागि बाच्न चाहन्छिन् ।

 

तर उनीसँग नाम जस्तै उनको साथमा धन भैदिएको भए आज यो गति हुने थिएन । गरिबीको चपेटामा परेकी यी महिलालाई श्रीमानले मात्र हैन नियतिले पनि खेलबाड गरेझैँ लाग्छ । तत्कालीन रामेछाप दुरागाउ गाविस निवासी ३४ बर्षिया लक्ष्मी कार्की १२ बर्ष अघि रुखबाट लडेर मेरुदण्डमा ठूलो चो’ट पुगेसँगै उनका सपना र योजना च’क’नाचुर भयो । रुखबाट ल डेपछि कम्मर मुनीको भाग पुरै नचल्ने भयो । यो अवस्थामा जन्मदिने बाबुले बनेपा स्थित शिर मेमोरियल अस्पतालमा ल्याई उपचार गराउनुभयो ।

 

 

लक्ष्मी र उनका बुबालाई डिपोजित भनेको के हो थाहा रहेनछ । अस्पतालले तत्काल पैसा डिपोजिट गर्नु भन्यो तर उनीहरुसँग पैसा थिएन । उनीहरुले त्यहाँ उपचार पाउँन सकेनन् । उनी उपचार नपाई फर्किइन् । अब उनी ओछ्यानमा नै छिन् । कसैको सहयोग पाए फेरी उपचार गराएर पुर्नजीवन पाउने आशा अझै हराएको छैन । यसैले उनी अपिल गरिरहेकी छिन् । मलाई सहयोग गर्नुहोस् । मेरा दुई सन्तानका लागि बाँच्न चाहान्छु ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु