काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यो सँगै सभामुख सापकोटाको पनि कोरोना परीक्षण गरिएको छ ।

 

 

कोरोना परीक्षणमा सापकोटामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा सभामुख सापकोटाको रिपोर्ट कोरोना नेगेटिभ आएको हो । त्यस्तै, सभामुख सापकोटा लगायत उनको सचिवालयका कर्मचारी र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैका कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको राष्ट्रिय प्रयोगशाला टेकुले जानकारी दिएको छ ।

 

शुक्रवार सभामुख सापकोटासहित सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको हो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु