डुङ्गा दुर्घटना हुँदा २० वर्षीय राजकुमारको घटनास्थलमै मृत्यु, दुई जना गम्भीर घाइते


काठमाडौं । सुनसरीको बराहाक्षेत्र नगरपालिका–१ कोशीगढमा शनिबार डुङ्गा (नाउ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

File photo

मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राई रहेको इलाका प्रहरी कार्यालय बराह क्षेत्रले जनाएको छ । दुर्घटनामा परेर भोजपुर आपचोक गाउँपालिका–८ का शङकर राई र अजय राई घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बराह क्षेत्रबाट उदयपुर हुँदै भोजपुर जाने क्रममा डुङ्गा दुर्घटना हुँदा राजकुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बराह क्षेत्रका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए । मृतक राईको लाश परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले लियो पढाइ शुरु गर्ने निर्णय, यसरी अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई अपिल [सूचनासहित]
भर्ना र कक्षा सञ्चालन नभएपनि अब यसरी सदुपयोग हुन्छ शैक्षिक सत्र, यसरी बढ्छ अर्को कक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...