काठमाडौं । देशव्यापी लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रो पटक आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा लगाएको छ । आइतबार जिल्लाका सम्पूर्ण पसल, होटल बन्द छन् । सवारी साधन पनि चलेका छैनन् ।

बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । शनिबार राति १२ बजेदेखि लागु गरिएको निषेधाज्ञा मंगलबार राति १२ बजेसम्म जारी रहनेछ ।

जिल्लामा कोरोना भाइरसको संक्रमण व्यापक बन्दै गएकाले थप फैलन नदिन तथा रोकथाम, नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन तीन दिनसम्म जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो ।निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन पाउने छैनन् ।

स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको छ । अहिले देशका विभिन्न भागहरुमा स्थानीय सरकारहरुले कोरोनाको खत्तरालाई ध्यानमा राखेर लकडाउन लगाउँदै आएका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु