काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा वृद्धि गरेको हो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन आइओसीबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।मुल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मुल्य भने यथावत् राखेको छ ।

 

 

केही समय अघि नेपाल आयल निगममा कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल प्रतिलिटर ४३ रुपैयाँसम्ममा उपलब्ध गराउन सकिने बताएका थिए । नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघले बुझाएको ज्ञापनपत्र बुझदै पौडेलले उक्त कुरा बताएका थिए । निगम पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेकोले आफ्नो निर्णय भन्दा पनि सरकारको निर्णय कार्यान्वयन गर्नु बाध्यता रहेको र सरकारले विभिन्न शिर्षकमा कर नलगाउने हो भने खरिद मूल्यमा प्रति लिटर ४३ रुपैयाँमा इन्धन उपलब्ध गराउन सकिने उनको भनाई थियो ।

 

उनले आफू भित्र मात्र कर्मचारी रहेको बाहिर नागरिक रहेकोले नेपाल विद्यार्थी संघको मागप्रति गम्भिर रहेको बताएको नेपाली कांग्रेस वीपीका महामन्त्री विकास पाण्डेले जानकारी दिएका थिए । नेविसंघले स्वचालित प्रणाली अनुसार इन्धनको मूल्य समायोजनलाई वेवास्ता गदै गत असार १७ गतेदेखि असार २६ गतेसम्म ९ दिनको अन्तरालमा पेट्रोलीयम पदार्थको मूल्य दुई पटक बुद्धि गरेको भन्दै निगमलाई ज्ञापनपत्र बुझाएको थियो ।

 

नेविसंघका महामन्त्री पाण्डेको नेतृत्वमा गएको बिद्यार्थीहरुको समूहले सात दिन भित्र मूल्यबृद्धि फिर्ता लिन माग गरेको थियो । संघले प्राकृतिक विपत्ती तथा बाढी पहिरोबाट पीडित भएका नागरिकलाई उपहार स्वरुप पेट्रोलीयम पदार्थको मूल्यबृद्धि गरिएको आरोप लगाएको छ । मूल्य समायोजन गर्दा शुक्रबारलाई प्राथमिकता दिएको भन्दै शनिबार र आइतबार दुई दिनलाई खपत हुने इन्धन निगमको डीपो थानकोटाबाट ब्यवसायीले शुक्रबार खरिद गर्ने गरेको भन्दै ब्यवसायी र कर्मचारीको मिलिभगतमा भ्रष्टाचार हुने गरेको आरोप समेत लगाएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु