नयाँदिल्ली । भारतको राज्यसभा सदस्य तथा समाजवादी पार्टीका पूर्व नेता अमर सिंहको निधन भएको छ । उहाँको उपचारका क्रममा सिंगापुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेता सिंहको सन् २०११ मा मृगौला प्रत्यारोपण गरिएको थियो ।
६४ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएको थियो । “बरिष्ठ नेता तथा सांसद अमर सिंहको असामयिक निधनको खबरले हामीलाई अत्यन्त दुःखित बनाएको छ,” रक्षा मन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ । बलिउड महानायक अमिताभ बच्चन लगायत कलाकारहरुले पनि सिंहको निधनलाई लिएर दुःख व्यक्त गरेका छन् । बच्चनले सामाजिक सञ्जाल इन्टाग्राममा एक झुकेको तस्विर साझा गर्दै समवेदना प्रकट गरेका छन् । पिटिआई
सबैको जानकारीको सेयर गर्नुहोस !!