काठमाडौं । भारतमा कोरोना महामारी भयावह बन्दैछ । यो बीचमा नरेन्द्र मोदी सरकारका विशेष मन्त्री अमित शाहलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । मोदी सरकारमा गृहमन्त्री रहेका शाहको कोरोना रिर्पोट पोजेटिभ आएको हो । उनले ट्विट गरेर यसबारेमा जानकारी दिएका छन् । उनले भनेका छन, ‘कोरोनाको प्रारम्भिक लक्षणहरू थाहा पाउँदा, मैले परीक्षण गरें र रिपोर्ट सकारात्मक आयो ।
मेरो स्वास्थ्य ठीक छ, तर डाक्टरहरूको सल्लाहमा म अस्पतालमा भर्ना भइसकेको छु । म तपाईलाई अनुरोध गर्दछु कि तपाईंहरु जो पछिल्लो दिनमा मसँग सम्पर्कमा आउनुभएको छ, कृपया आफुलाई क्वारेन्टाइन गर्नुहोस् र आफ्नो परीक्षण तत्काल गर्नुहोस् ।’ उनलाई सधैं प्रधानमन्त्री नरेन्द्र मोदीसँगै देख्ने गरिएको छ । अब मोदीसहितका अन्य मन्त्रीहरुको पनि कोरोना परीक्षण हुने अनुमान गरिएको छ ।
कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
— Amit Shah (@AmitShah) August 2, 2020
सबैको जानकारीको सेयर गर्नुहोस !!