काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा विभिन्न समूहले लगाएको ताला खोल्न उच्च अदालत पाटनले आदेश दिएको छ । दुई साताअघिदेखि त्रिवि पदाधिकारी कार्यकक्षमा लगाएको ताला खोल्न माग गर्दै त्रिविका कर्मचारीले हालेको रिटको सुनुवाई गर्दे अदालतले यस्तो आदेश दिएको हो ।

न्यायाधीश राम बहादुर थापाको एकल इजलासले उक्त आदेश दिएको हो । गत साउन ५ गते देखि त्रिविको कार्यकक्षमा प्राध्यापक संघ र नेपाल विद्यार्थीसंघले ताला लगाएका थिए । त्रिविले वार्ताको लागि सार्वजनिक आव्हान गरेपनि असन्तुष्ट समूहले वार्ताम आउन अस्वीकार गर्दै आएका थिए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु