काठमाडौं । लकडाउन खुलेसँगै नेपालमा कोरोना संक्रमण लगातार बढ्दैछ । यो बीचमा पूर्वी चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको हो । खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षका एक पुरुषको गएराति मृत्यु भएको हो ।

बाराबाट १३ दिन अगाडि चितवन आएका ती पुरुष एक्कासी छाती दुखेपछि ढलेका थिए । त्यसपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुष खैरहनी–६ पुरानो पर्सामा रहेको केसी बोरा उद्योगमा काम गर्ने मजदुर रहेको इलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ ।

उनीसँगै बाराबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका अन्य ५ जनामा हालसम्म कुनै समस्या देखिएको छैन । मृतक पुरुषको स्वाब संकलन गरी पीसीआर बिधिबाट कोरोना टेष्टको तयारी गरिएको छ । मृतक कलैया नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु