वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएका पीसीआर परीक्षणमा सोमबार राति आएको रिपाेर्टमा दुई चिकित्सक, तीन नेपाली सेनासहित थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिएका ३४ जना सङ्क्रमितमध्ये चार जना महिला छन् ।

नयाँ सङ्क्रमितमा दुई जना बाराका, एक जना सर्लाहीका र एक जना सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा कार्यरत २८ वर्षीय महिला डाक्टर रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

वीरगञ्जको गण्डकस्थित कोरोना विशेष नारायणी अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले सोमबार सङ्क्रमण पुष्टि हुनेमा चिकित्सक, सैनिक, पत्रकार र थुनुवा रहेको जानकारी दिनुभयो । सोमबार पुष्टि भएका नयाँ सङ्क्रमितहरू १४ वर्षदेखि ५६ वर्ष उमेर समूहका रहेका छन् ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका २७ जना, वीरगञ्ज बसोबास गर्दैआएका पोखरिया नगरपालिकाका तीन जना, जिरा भवानी गाउँपालिका सेढ्वाका एक जना, सर्लाही र सुर्खेत स्थायी घर भएका एक/एक जना गरी पर्सामा ३२ जना र बारा कलैया र फेटाका एक/एक जना गरी थप ३४ जनामा सङ्क्रमण देखिएको हो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु