काठमाडौ । कानून विषय (एलएलबी) प्रथम वर्षको अधिकांश विद्यार्थीहरु परीक्षामा फेल भएपछि नतिजा नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नतिजामा त्रिभुवन विश्वविद्यालयले गम्भीर त्रुटि गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । २०७५ सालका भर्ना भएका एलएलबी प्रथम वर्षको परीक्षाको प्रतिफल एक वर्ष लामो समय पछि प्रकाशन गरेको थियो ।

 

 

तर परीक्षामा सामेल नभएका व्यक्तिहरु र परीक्षा नदिएका विषयमा पास हुनुले परीक्षाको मापन प्रणाली प्रति विद्यार्थीहरुले गम्भीर आशंका गरेका छन् । नियमित कक्षामा आउने, पढाईमा निरन्तरता दिनेहरु अनुत्रिर्ण र परीक्षामा सामेल नै नभएका व्यक्तिहरु पास भएको समाचार बाहिरीएसँगै विद्याार्थीहरु आतंकित बनेका छन् । कानून जस्तो संकायमा समेत त्रुटि देखा परेसँगै विद्यार्थीहरुले तत्काल नतिजा सच्याउनन माग गरेका छन् ।

 

 

 

नेपाल ल क्याम्पसका संयुक्त विद्याार्थी संगठनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे निन्दा गरेका छन् । पाँच वटा विद्यार्थी संगठनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ,एलएलबी प्रथम वर्षको वार्षीक परीक्षा फलमा व्यापक प्राविधिक त्रुटि हुन गएको नतिजाका कारणा विद्यार्थीहरुमा माानसिक एवम नकारात्मक असर परेको भन्दै आपत्ति जनाएका छन् ।

 

 

परीक्षामा सहभागि विद्यार्थीलाई अनुस्थित गराई अनुतिर्ण गराएको उपस्थित नै नभएकाहरुलाई उपस्थिती देखाएको भन्दै तत्काल त्रुटि सच्याउन मााग गरिएको छ । उल्लेखित विषयमा आवश्यक छानबीन गरि परीक्षा प्राप्ताङ्कका विषयमा तत्काल सुधार नगरिए त्यसबाट चालिने कदमबारेकोे जिम्मा त्रिविपनिका र त्रिवि प्रशासनले लिनु पर्ने भन्दै चेतावनी दिइएको छ ।

हेर्नुहोस संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्ति

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु