काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा विश्वकै सबैभन्दा धेरै कोरोना सङ्क्रमितको मृत्यु दत्र्ता गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सबैभन्दा बढी मृत्यु हुने अमेरिका र ब्राजिलभन्दा भारतमा पछिल्लो चौबीस घण्टामा मृतकको संख्या बढी दत्र्ता गरिएको छ । बीबीसीका अनुसार भारतमा एकैदिन करिब ८०० जनाको मृत्यु भएको हो । त्यसैगरी पछिल्लो चौबीस घण्टामा भारतमा सबैभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो चौबीस घण्टामा ८०३ जनाको मृत्यु र ५० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो समय भारतका उच्च राजनीतिज्ञ तथा अभिनेता समेत कोरोनाभाइरसबाट सङ्क्रमित हुन थालेका छन् । केन्द्रीय गृहमन्त्री अमित शाह, दक्षिण भारतका नेता आर सिद्धरमैया लगायत सङ्क्रमित भएका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु