काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । मुलुकभर कोरोना संक्रमण बढिरहेका बेला आयोगका १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत शुक्रबार टंगालस्थित आयोगको केन्द्रीय कार्यालयका १ सय ८२ कर्मचारीहरुको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा १५ जनामा पोजेटिभ देखिएको हो । चिकित्सक, पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधिहरुमा कोरोना संक्रमण देखिएका बेला आयोगका कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको हो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!