काठमाडौं । कोरोना संक्रमण लगातार बढ्दै जाँदा नेपालमा पुनः लकडाउन हुनसक्ने देखिएको छ । यस विषयमा चर्चा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्य विज्ञ र प्रतिपक्षी दलका नेताहरुलाई छलफलका लागि बालुवाटारमा बोलाउनु भएको थियो । यस बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन गर्ने नगर्ने कुरा समुदायमा फैलिएको कोरोना संक्रमणको अवस्था हेरेर निर्णय लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिनु भएको छ ।

छलफलका क्रममा देउवाले हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क लगाउन अनिवार्य गर्न पनि सुझाव दिनु भएको छ । देउवाका अनुसार लकडाउन गर्ने, नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गर्न सकिन्छ । तर हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्नेमा उहाँले जोड दिनु भएको हो । सभापति देउवाले मुख छोपेर हिँड्न बानीको विकास गर्नुपर्ने कुरामा जोड दिनु भएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु