काठमाडौं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस नेपालमा पनि डरलाग्दो बन्दैछ । यो बीचमा काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मुलुकभर दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदै गएपछि सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न, घरबाहिर अतिआवश्यक अवस्थामा बाहेक ननिस्कन र भिडभाड नगर्न, चाडपर्व घरमा बसी मनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ,‘शंकास्पद संक्रमितहरुको खोजपडताल गर्ने काम भइरहेको छ। शंकास्पद व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु र जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरुले नजिकको स्वाब संकलन केन्द्रमा गई परीक्षण गर्नुहुनु अनुरोध छ।’ बिहानको ९ बजेदेखि १ बजेसम्म गई स्वाब परीक्षण गरी सहयोग गर्न भनिएको छ । थप सुचना तल हेर्न सक्नुहुन्छ

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु