काठमाडौं । लकडाउन खुलेसँगै नेपालमा कोरोना संक्रमण लगातार बढ्दैछ । यो बीचमा रौतहटमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको खुल्न आएको छ । यसअघि भारतबाट फर्किएर जिल्लाका विभिन्न क्वारेन्टिनमा बस्दै आएकाहरुमा मात्र संक्रमण देखिएकोमा अहिले समुदायस्तरमा फैलिएको हो । संक्रमण फैलिएसँगै जोखिम न्यूनिकरणका लागि स्थानीय प्रशासनले आगामी शनिबारबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
मंगलबार जिल्लाको राजदेवी नगरपालिकाका–४, गौर र चन्द्रपुर नगरपालिकाका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । समुदायमा पनि कोरोना संक्रमित भेटिएकाले संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले बताए । समुदायमा संक्रमण देखिन थालेपछि स्थानीय त्रासमा छन् । प्रशासनले पनि त्यही अनुसारको तयारी थालेको जनाएको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!