आज यति धेरै मुल्य बढेपछि नेपालमा सुन प्रतितोला १,०२,५०० रुपैयाँ पुग्यो

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २२ साउन, २०७७

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य लगातार बढ्दैछ । यो बीचमा बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबारको तुलनमा नेपाली बजारमा सुनको भाउ एक हजार एक सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारम सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि भाउ बढेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं महासंघअन्तर्गतका मूल्य निर्धारण समिति संयोजक तेजरत्न शाक्यले जानकारी दिए । त्यस्तै बिहीबार नेपाली बजारमा तेजाबी सुनको भाउ एक लाख २ हजार रहेको छ ।

त्यस्तै बिहीबार नेपाली बजारमा चाँदीको पनि भाउ बढेर प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँ पुगेको छ । बुधबार नेपाली बजारमा चाँदीको भाउ प्रतितोला एक हजार २ सय ९५ रुपैयाँ कायम भएको थियो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु