भदौ १ गतेदेखि उडान सुरु हुन्छ-हुँदैन ? देशव्यापी लकडाउन होला ? : यस्तो छ सञ्चारमन्त्रीको जवाफ

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २३ साउन, २०७७

बीबीसी । दुई साता अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पुन:सञ्चालन गर्ने निर्णय गरेको भएतापनि त्यो निर्णय कार्यान्वयन हुने स्थिति देखानपरेको बिहीवार सरकारका प्रवक्ताले बताएका छन्। “जोखिम बढ्दैछ त्यसैले सार्वजनिक यातायात वा अत्यावश्यक बाहेकका अन्तर्राष्ट्रिय उडान तथा आन्तरिक उडान खोलिनहालौँ भन्ने आवाज आइरहेका छन्। हामी केही दिनभित्र कोरोनाभाइरस सङ्कट व्यवस्थापन समितिको बैठक बसेर यी विषयको समीक्षा गर्छौँ,” सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले भने।

 

 

‘उदार हुन नसकिने’
पछिल्ला दिनमा बढेको जोखिमका कारण सरकारका सामु उदार भएर सेवा सञ्चालन गराउने अवस्था देखानपरेको मन्त्री खतिवडाले बताएका छन्। उनले विगत केही सातायता विभिन्न देशमा अलपत्र परेका नेपालीहरूको उद्धार गरिएको उल्लेख गरे। सुरुमा केही हजारभन्दाभन्दै करिब ४५ हजारको त्यसरी उद्धार भइसकेको र अझै थप ४५ हजार आउन चाहनेको सूची विभिन्न दूतावासमा रहेको उनले बताए। “सरकारको सोच के हो भने जो अलपत्रै पर्नुभएको छ र जसको उद्धारै गर्नुपर्नेछ वहाँहरूलाई ल्याउँछौँ। तर जो केही समय त्यहाँ बस्दा सुरक्षित नै हुनुहुन्छ र अलपत्रको स्थितिमा हुनुहुन्न भने वहाँहरूलाई स्थिति अलि सहज भएपछि ल्याउनु पर्ने गरि हामी छलफलमा छौँ।”

 

देशव्यापी लकडाउन नहुने
चैत ११ गतेदेखि देशभरि लगाइएको लकडाउन भन्दा केही समय अगाडि देखि नै खासगरि नियमित अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका हुन्। देशव्यापी लकडाउन अहिले हटाइएको छ। जोखिम बढ्दै गएपछि कतै फेरि लागु हुने त होइन भन्ने प्रश्नको जबाफमा बिहीवार मन्त्री खतिवडाले अहिले सरकारले त्यस्तो नसोचेको बताए। आर्थिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण भएकाले सबैजनाले स्वास्थ्य मापदण्ड पालना गरिदिएमा असहज स्थिति नआउने उनले बताए।

 

साथै स्थानीय स्थिति हेरेर अहिलेपनि दुई दर्जनजति स्थानीय तहमा विभिन्न किसिमको लकडाउन लागु रहेको र आगामी दिनमा पनि परिस्थिति हेरेर स्थानीय निकायहरूले नै त्यस्ता कदम चाल्नसक्ने उनले बताए।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु