ह्वात्तै बढेसँगै सुनचाँदीको मूल्य इतिहासकै उच्च

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २३ साउन, २०७७

काठमाडौ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशित रूपमा बढेको छ। बिहीबार प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको पहेँलो धातुमा आज एक हजार १०० रुपैयाँले वृद्धि भएको छ। बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५०० कायम भएको छ। तेजाबी सुनको मूल्य एक लाख तीन हजार निर्धारण भएको छ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार बिहीबारको तुलनामा आज चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ। एक तोला सेतो धातुको मूल्य आज एक हजार ४०५ रुपैयाँ निर्धारण भएको छ। कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो। त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०६१.५१ र सोही परिमाणको चाँदीको मूल्य २८.४९ अमेरिकी डलर कायम भएको छ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु