काठमाडौ । चितवन, कालिका नगरपालिका–५ ब्रम्हस्थान बस्ने ३३ वर्षीय राजकुमार चौधरीको घरमा तास खेलिरहेको अवस्थामा चौधरी समेत १३ जना भीआईपी जुवाडेलाई नगद १ लाख ८८ हजार ८ सय ६२ रुपैयाँ र ४ बुक तास सहित शुक्रबार दिउँसो प्रहरीले रंगेहात पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टाँढीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

कास्की, पोखरा महानगरपालिका–२६ सक्नेरी बस्ने २७ वर्षीया मेलिना श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई नगद १२ हजार ५ सय ९० रुपैयाँ र १ सय ६० पत्ती तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु