काठमाडौ । महोत्तरीमा नौ सशस्त्र प्रहरीसहित १४ जनामा आज कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका एकसहित नौ सशस्त्र प्रहरीमा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

 

यससँगै जिल्लामा अब कूल संक्रमितको संख्या ८६८ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले आज जनाएको छ । प्रदेश नं २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाको स्वाब संकलन गरी परीक्षण गरिएको छ ।

 

 

मन्त्री यादव सशस्त्र प्रहरी बल नेपाल प्रदेश नं २ छिन्नमस्ता बाहिनी कार्यालयले गत मंगलबार आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । त्यसलगत्तै बुधबार मन्त्री यादवमा संक्रमण भएको पुष्टि भएको थियो ।

 

परीक्षण नतिजा नआउँदै सार्वजनिक कार्यक्रममा मन्त्री यादव सरिक भएपछि त्यस अवधिमा उनका सम्पर्कमा आएका अन्य व्यक्तिको जाँच गर्दा आज पाँच सर्वसाधारणलाई पनि पोजेटिभ देखिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु