काठमाडौ । नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय भएको छ। मौसमविद् शान्ति कँडेलका अनुसार शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई-तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने छ। आइतबार बिहान जारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनमा मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको छ।

 

हाल देशका अधिकांश भू-भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा वर्षा भइरहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा भइरहेको बुलेटिनमा उल्लेख छ।

 

 

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

राती देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

सोमबार देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

 

भारी वर्षा हुँदा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०४/२५ देखि २०७७/०४/२७) जारी समय : बिहान ६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis):- मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ अवस्थित छ ।

हालको मौसमको अवस्था (Present Weather Status): हाल देशका अधिकांश भू-भागहरुमा  समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा बर्षा भईरहेको छ।साथै सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा पनि भैरहेको छ ।

आगामी तीन  दिनको मौसम पूर्वानुमान

साउन २५ गते (आईतबार) दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र  सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, गण्डकी प्रदेश,  प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २  र बागमती प्रदेश का  एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २६ गते (सोमबार) दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश नं  ५,कर्णाली प्रदेश र  सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशका अधिकांश भू-भागमा सामान्य  वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  गण्डकी प्रदेश,  र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै  बागमती प्रदेश का  एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २७ गते (मंगलबार) दिउँसो : देशभर आशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य  वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): देशका प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

सम्बन्धित खबरहरु