बेइजिङ । चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कुल एक लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ ।

कर्पोरेसनले जुलाईमा मात्र चिनियाँ रेलवेको चल सम्पत्तिमा नाै अर्ब ६७ करोड अमेरिकी डलर लगानी गरिएको जनाएको छ । पछिल्लो समय चीनले ठूला र मध्यम क्षमताका रेलको विस्तारमा बढी लगानी गरेको छ ।

रेलसेवाको विस्तार र सुधारमा अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब ११.३ प्रतिशतले बढी खर्च गरिएको कर्पोरेसनले जनाएको छ । पहिलो सात महिनाको अवधिमा एक हजार ३१० किलोमिटर नयाँ रेलवे लाइन शुरु भएको छ जसमा ७३३ किलोमिटर उच्च गतिको रेलवेसमेत रहेको कर्पोरेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु