कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँका यी तीन क्षेत्रमा कडा लकडाउन

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २५ साउन, २०७७

काठमाडौं । कोरोना महामारी बढ्दै जाँदा काठमाडौं महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका तीन क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ ।

काठमाडौं महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबौद्ध, भोटाहिटी क्षेत्रमा लकडाउन गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोलले बताउनुभयो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

त्यस्तै वडा ५ अन्तर्गत हाँडीगाउँ क्षेत्रमा पनि एकै परिवारका पाँच जनामा सङ्क्रमण पाइएपछि लकडाउन गरिएको उहाँले बताउनुभयो । स्थानीयले अवस्थाअनुसार सातदेखि १४ दिनसम्म लकडाउन गर्ने निर्णय गरेको जानकारी आफूलाई भएको प्रवक्ता डङ्गोलले बताउनुभयो ।

सम्बन्धित खबरहरु