भारतको पछिल्लो २४ घण्टाको कोरोना संक्रमण डाटा देखेर विश्व झस्कियो

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २५ साउन, २०७७

काठमाडौं । भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या ६४ हजार ३९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिमध्ये ८६१ जनाको मृत्यु भएको छ । भारतमा योसहित मृत्यु भएका व्यक्तिको कुल सङ्ख्या ४३ हजार ३७९ पुगेको छ ।

 

 

 

साथै कुल सङ्क्रमितको सङ्ख्या पनि २१ लाख ८७ हजार नाघेको छ । स्वास्थ्य अधिकारीहरूले कूल सङ्क्रमितमध्ये १५ लाख भन्दा धेरै जना निको भएर डिस्चार्ज भएका छन् । अहिले पनि छ लाख ३६ हजार जना भन्दा धेरै विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् । अहिलेसम्म ४३ हजार भन्दा धेरैको मृत्यु भैसकेको छ ।

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु