काठमाडौं । भारतमा कोरोना संक्रमण लगातार बढ्दैछ । भारतमा भिआइपी व्यक्तिहरु पनि कोरोनाको सिकार भएका छन् । बलिउड अभिनेता अमिताभ बच्चन देखि लिएर गृहमन्त्री अमित शाह पनि कोरोना संक्रमित हुन पुगेका छन् । बच्चन अहिले निको भैसकेका छन् भने शाह अस्पतालमा नै रहेका छन् ।

यो बीचमा भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी कोरोना भाइरसबाट सङ्क्रमित भएको खबर आएको छ । उनले सोमबार अपरान्ह ट्वीट गर्नुहुँदै आफू कोरोनाभाइरसबाट सङ्क्रमित हुन पुगेको जानकारी दिएका हुन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उपचारका लागि अस्पताल पुगेको बेला उनमा सङ्क्रमणको परीक्षण गरिएको थियो ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन, ‘पछिल्लो एक सातामा मेरो सम्पर्कमा आउनुभएका सबैलाई क्वारेन्टाइन वस्न र परीक्षण गराउन आग्रह गर्दछु ।’ भारतमा अहिले २२ लाख १७ हजार भन्दा धेरै जना कोरोना संक्रमित हुँदा १५ लाख ३६ हजार भन्दा धेरै जना निको भएका छन् । अहिलेसम्म ४४ हजार ५०० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु