काठमाडौं । नेपालमा कोरोना महामारीका कारण ज्यान गुमाउनेहरुको संख्या ७९ पुगेको छ । आज मात्रै ४ जना कोरोना मृतक थप भएसँगै संख्या बढेको हो ।

बाँकेको कोहलपुर नगरपालिकाकी ७० वर्षीया महिलाको आइतवार मृत्यु भएको थियो । जानकारी अनुसार उनी उच्च रक्तचाप र पारालाइसीसको बिरामी थिइन् ।

उनमा मृत्युपश्चात कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । पर्साको बेदियाही गाउँपालिकाकी ४५ वर्षीया महिलाको पनि आइतवार निधन भयो ।

उनमा पनि मृत्युपश्चात कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौंको मध्य–बानेश्वरका ७६ वर्षीय पुरुषको सोमवार बिहान मृत्यु भएको हो ।

उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको बताइएको छ । अर्को तिर कीर्तिपुरका ६४ वर्षीय पुरुषको पनि सोमवार निधन भएको छ । उनी मिर्गौलाको बिरामी रहेको बताइएको छ ।

नेपालमा आज थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या २३ हजार ३१० संख्या पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निको हुनेहरुको संख्या देशभर १६ हजार ४९३ रहेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु