चीनमा देखियो अर्को नयाँ भाइरस, तिव्र समयमा ७ जनाको मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २७ साउन, २०७७

काठमाडौ । चीनमा अर्को नयाँ भाइरस भेटिएको पुष्टि भएको छ । चिनियाँ चिकित्सकहरूले कोरोनाबाहेकको अर्को एक भाइरस पनि देखिएको पुष्टि गरेका हुन् । उनीहरुले अर्को भाइरसको उति नै जोखिम रहेको भन्दै चेतावनी दिएका छन् ।

 

किर्नोले टोकेर संक्रमण हुने तर मानवबाट मानवमा पनि यो सर्ने विज्ञहरूको कथन छ । एसएफटीएस नामको यस भाइरसले चीनको जियाङ्सु र आनहुई प्रान्तमा ६० जना जतिलाई संक्रमित गराइसकेको र तीमध्ये सातजनाको मृत्यु भएको बताइएको छ ।

 

 

 

रोगका लक्षणमा ज्वरो, खोकी, थकान, वाकवाकी लाग्ने तथा बान्ता आउने अनि श्वेत रक्तकोशिकाहरूको कमी पर्छन् । यो नयाँ भाइरस हैन । सन् २००९ मा हुबेइ र हेनान प्रान्तमा किर्नोबाट सर्ने रोग देखिएको थियो र चीनका संक्रामक रोग विशेषज्ञहरूले सन् २०११ मा यसको प्याथोजिन पत्ता लगाएका थिए ।

 

 

यस रोगको मृत्युदर १६ देखि ३० प्रतिशतसम्म रहेको चाइना इन्फर्मेसन सिस्टम फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले जनाएको छ । संक्रमण शुरूमा किर्नोले टोकेर भए पनि मानिबाट मानवमा सर्ने सम्भावनालाई नकार्न नसकिने झजियाङ विश्वविद्यालय अन्तर्गको एक अस्पतालका चिकित्सक शेङ जिफाङे ग्लोबल टाइम्सलाई बताए । यो रगत वा खकारबाट सर्ने उनको भनाइ छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७