काठमाडौ । न्याय परिषद्ले २४ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्ले लिएको लिखित परीक्षा र अन्तर्वार्ता उत्तीर्ण गरेका २४ जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो । मंगलबार परिषद्ले अन्तिम सिफारिस सूची प्रकाशन गरेको हो । २९ दरबन्दी पदपूर्तिका लागि भएको लिखित परीक्षामा मागभन्दा कममात्र उम्मेदवार सफल भएका थिए । २६ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

 

 

२६ मध्ये अन्तर्वार्तापछि २४ जना नियुक्तिका लागि सिफारिस भएका हुन् । दुई जना वैकल्पिक उम्मेदवारको सूचीमा छन् । लिखित परीक्षामा महिला, आदिवासी जनजाति र पिछडिएको क्षेत्रको क्लष्टरबाट कोही पनि उत्तीर्ण भएका थिएनन् । परिषद्का अनुसार आन्तरिक खुलातर्फ १४ जना जिल्ला न्यायाधीशमा सिफारिस भएका छन् । जसमा यज्ञप्रसाद आचार्य, बलराम लम्साल, बालकृष्ण वाग्ले, जगतबहादुर पौडेल, डिल्लीराम शर्मा अर्याल, तिलकबहादुर कार्की हुनुहुन्छ । यस्तै, केशवराज चपाईँ, रामचन्द्र खड्का, चन्द्रप्रकाश तिवारी, दिलकुमार वर्देवा, ठाकुरप्रसाद खरेल, विष्णुप्रसाद अवस्थी, उत्तम सिलुवाल, खेमराज भट्ट पनि अन्तरिक खुलातर्फबाट न्यायाधीश नियुक्त हुनुभएको छ ।

 

 

 

यस्तै, खुलामा ९ जना सिफारिस हुनुभएको छ । जसमा ध्रुवराज कार्की, टेकनाथ गौतम, श्याम विहारी मौर्य, ढाकाराम पौडेल, ईश्वरमणि ओझा, मनोजकुमार श्रीवास्तव, उद्धवप्रसाद गजुरेल, पुण्यप्रसाद सापकोटा हुनुहुन्छ । अपाङ्गता भएकातर्फको एक कोटामा रोमाकान्त ज्ञवाली न्यायाधीशमा सिफारिस हुनुभएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु