काठमाडौ । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले बडो संयोग पारेर उपराष्ट्रपतिका लागि हिन्दु कमला ह्यारिसलाई छानेका छन् । सिनेटर भारतीय मूलकी कमला ह्यारिस अब अमेरिकाको उपराष्ट्रपति बन्ने सम्भावना रहेको छ । ह्यारिस उप–राष्ट्रपतिका लागि चुनाव लडने पहिलो अश्वेत महिला हुन ।

उनी इन्डियन–जमैकन वंशजकी क्यालिफोर्नियाकी सिनेटर हुन् । ह्यारिसको राष्ट्रपतिको उम्मेदवारका रुपमा चर्चा चले पनि पछिल्ला दिनहरुका उनको शाख घटेका कारण उनले राष्ट्रपतिमा चुनाव लडने अवसर गुमाएकी हुन ।  यस अघि उपराष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीले सारा पैलिनलाई उम्मेदवार बनाएको थियो भने डेमोक्रेटिक पार्टीले गिरालडिन फेरारोलाई उम्मेदवार बनाएको थियो । दुवैले चुनाव हारेका थिए । इन्डियन–जमैकन वंशज हिन्दु हुन् । उनीहरुको परिवार अहिलेपनि हिन्दु हो ।

यसलाई अमेरिकनबासी हिन्दुहरुले अमेरिका हिन्दुत्वमा ढल्किन थालेको संकेत भनेका छन् । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । यही दिन पारेर उम्मेदवार घोषणा हुनु बडो संयोग भएको त्यहाँ चर्चा चल्न थालेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु