काठमाडौं । मंगलबार साँझ जीप दुर्घटना हुँदा २ जनाको घटनास्थल मै मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका ४ मा मंगलबार साँझ जीप दुर्घटना हुँदा २ जनाको घटनास्थल मै मृत्यु भएको हो ।

छापडाँडा नजिकै दुर्घटना हुँदा निस्दी ५ गाबुडाँडाका ६३ वर्षिय ठाकुर प्रसाद फाल र निस्दी ४ काफलका ३ महिनेको बालक सिमुवान कालुङ्गको घटनास्थलमै मृत्यु भएको हो ।

निस्दी ७ ज्यामिरेको मोटेखरक बाट वडा नं. ५ को पटकसार तर्फ लाश लिएर फर्किने क्रममा सडक भासिएर लु १ ज २८८६ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा निस्दी ५ पटकसारका ३८ वर्षिय सुमित्रा सारु सेही स्थानका ३६ वर्षिय सेरमति सारु, २० वर्षिय लक्ष्मी सारु, ३७ वर्षिय तिलकुमारी सारु, निस्दी ४ झ्यालटुङका २५ वर्षिय सृजना गाहा, निस्दी ४ काफलका २२ वर्षिय विष्णुमायाँ सारु रहेको प्रहरी जनाएको छ ।

घाइतेहरुको लुम्विनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको छ । चालक र सह चालक भने सकुशल रहेका छन् । चालक प्रहरी नियन्त्रमा रहेका छन् ।

निस्दी ५ पटकसारका १५ वर्षिय झपिन सारुको भरतपुर मेडिकल कलेज चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको थियो । उनको लाश घर ल्याउने क्रममा दुर्घटना भएको हो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु