काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितहरुको संख्या लगातार बढ्दैछ । यो बीचमा मोरङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका एक ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएसँगै संख्या ७ पुगेको हो ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार मोरङको बुढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई साउन २६ गते प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो । रुघाखोकीको समस्यासहित सोमबार कोसी अस्पताल पुगेका उनलाई कोरोनाको लक्षण देखिएको भन्दै धरान रिफर गरिएको थियो ।

चिकित्सकहरुले कोरोना संक्रमणको आशंकामा आइसोलसनको आईसीयूमा राखेर उपचार गरेका थिए । ती बिरामीको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि विराटनगरस्थित प्रदेश १ को प्रयोगशालामा पठाइएको थियो । उनको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको थियो । डाक्टर सापकोटाका अनुसार ती पुरुषमा मधुमेह, मुटुसम्बन्धी, उच्च रक्तचाप जस्ता कुनै पनि जटिल र दीर्घ रोग थिएन ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु