काठमाडौ । कोरोना महामारीको उच्च जोखिममा रहेको काठमाडौं उपत्यकामा आज लकडाउन खुलेपछिकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् ।

 

यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् । कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने खुलाएको छैन । बुधबारमात्र नेपालमा ४८४ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या लकडाउन खुलेपछि २४ घण्टामा थपिएको उच्च संख्या हो । यो सँगै नेपालमा संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । पछिल्लो २४ घन्टामा ६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ छ । क्वारेन्टाइनमा १४ हजार ८ सय ४६ रहँदा आइसोलेसनमा ७ हजार ६ सय १३ रहेका छन् ।

 

 

पछिल्लो २४ घन्टामा १० हजार ४ सय ८१ पीसीआर परीक्षण गरिएका छन् भने हालसम्म ४ लाख ७३ हजार १७९ पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए । नेपालमा आज ८ जनाको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ९१ पुगेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु