काठमाडौं । लकडाउन खुलेसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या लगातार बढ्दैछ । देशभर कोरोनाका कारण अहिलेसम्म ९१ जनाको मृत्यु भएको छ । यो बीचमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गरिने भएको छ । आज बसेको आकस्मिक बैठकले बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरिएको हो ।

 

 

 

देशव्यापी लकडाउन खुलेसँगै पछिल्लो समय बजारमा मानिसहरूको भीडभाड र चहलपहल बढिरहेको छ । आममानिसहरुले सामान्य सतर्कता पनि नअपनाएपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ । बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिएर आगामी ५ भदौसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय गरिएको छ । लकडाउनमा अत्यावश्यकबाहेक अरु सबै क्षेत्र ठप्प हुने उपमहानगरपालिकाले स्पष्ट पारेको छ । अघिल्लो साता हाटबजारलगायतका बढी भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु