काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन कुमार थापाले पत्रकार मृत्यु प्रकरणको छानबिन गर्न माग गर्नुभएको छ । एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत पत्रकार बलराम बानियाँको मृत्यु भएको खबरपछि नेता थापाले दुःख व्यक्त गर्दै नेपाल प्रहरीसँग यस्तो माग गर्नुभएको हो ।
दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सह–सम्पादक बानियाँको लाश फेला परेको थियो । महानगरीय अप राध महाशाखाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको लाश हेटौंडा अस्पतालमा राखिएको छ ।
बलराम बानियाँ दाइकाे निधनको खबरले स्तब्ध भएकाे छु। दाइ संगका कयौँ भेट मेरो मानसपटलमा घुमिरहेका छन्।
दाइको यो असामान्य मृत्युको सत्य तथ्य छानबिन गर्न @NepalPoliceHQ संग माग गर्दछु।हार्दिक श्रद्धाञ्जली !!
— Gagan Thapa (@thapagk) August 12, 2020
थापाले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै भन्नु भएको छ, ‘बलराम बानियाँ दाइको निधनको खबरले स्तब्ध भएको छु । दाइ संगका कयौँ भेट मेरो मानसपटलमा घुमिरहेका छन् । दाइको यो असामान्य मृत्युको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरीसंग माग गर्दछु ।’
सबैको जानकारीको सेयर गर्नुहोस !!