काठमाडौं । बुधबार राति यो वर्षकै धेरै उल्का वर्षा भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले बुधबार राति साढे १० बजेदेखि बिहीबार बिहान ५ बजेसम्म उल्का वर्षा भएको दावा गरेको छ । यो उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘पर्सिड मिटियर सावर’ नाम दिइएको छ ।

‘स्विफ्ट टटल’ नामक पुच्छ्रे ताराले आफ्नो कक्षमा छोडेका चट्टान र धूलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भएर ज ल्ने क्रममा यो उल्का वर्षा देखिन लागेको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । उहँका अनुसार ‘स्विफ्ट टटल’ पृथ्वीबाट धेरै टाढा रहे पनि यसले १ सय ३३ वर्षमा सूर्यको परिक्रमा गर्छ । सूर्यको परिक्रमा गर्ने क्रममा यो पुच्छ्रे ताराले आफ्नो कक्षमा धूलोका कण र चट्टानहरु छाड्ने गर्छ ।

पृथ्वीले पनि सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रे ताराले छाडेको कण र चट्टानहरु नजिकै आउँछ । यसरी ती कण तथा चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर ज ल्दछन् । ठोक्किएर ज ले का ती वस्तुहरुलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपालमा ‘तारा खसेको’ पनि भन्‍ने गरिन्छ ।

नासोले भने अत्याधिक मात्रा उल्का वर्षा खसेको हेर्न चाहनेरुका लागि बिहीबार बिहान ३–४ बजेको समय उपयुक्त हुने बताएको थियो । उक्त समयमा प्रतिघन्टा १५० वटासम्म उल्का वर्षा देखिएको अनुमान गरिएको छ । ती उल्का वर्षाहरुको गति प्रतिसेकेण्ड ६० किमिसम्म हुने भएकोले करिब ७० किमि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने नासोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो वर्ष जुलाई १७ देखि अगष्ट २६ सम्म उल्का वर्षा सक्रिय हुने अनुमान गरिएको छ । उल्का वर्षालाई रातको समयमा उत्तरपूर्वी आकाशमा अवलोकनकर्ताहरुले हेर्न सक्‍नेछन् । आफू रहेको स्थानको आकाश खुला र सफा रहेमात्र अवलोकन कार्य सम्भव हुने जानकारहरु बताउँछन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु