काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले एक महत्वपूर्ण निर्णय गरेको छ । गृहले जिल्ला प्रशासन कार्यालयहरु सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गरि मन्त्रालयले भोलि (बिहीबार) बाट लागू हुने गरी सवारी पास वितरण बन्द गर्न भनेको छ । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ ।

 

सम्बन्धित खबरहरु