अख्तियारपछि सर्बोच्च अदालतमा छिर्यो कोरोना भाइरस

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २९ साउन, २०७७

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगपछि अर्को संवैधानिक निकाय सर्वोच्च अदालतमा पनि कोरोना भाइरस (कोभिड–१९) को छिरेको छ । प्राप्त जानकारी अनुसार सर्वोच्च अदालतका न्यायाधीश इश्वर खतिवडाले नै आफ्ना पीएसओलाई कोरोना पोजेटिभ देखिएको कुरा सामाजिक संजाल फेसबुकमै पोष्ट गरेका छन् ।

 

 

अख्तियार प्रमुख आयुक्त नवीनकुमार घिमिरे सहित दर्जन बढी कर्मचारी कोरोना संक्रमित भई आइसोलेसनमा छन् । अख्तियार सिल गरी सबैको पीसीआर परीक्षण गरिसकिएको छ । न्यायाधीश खतिवडाले बुधबार अपराह्न सामाजिक संजालमा लेखेका छन्– ‘श्रावण २२ गते बिहीवारसम्म मेरो सुरक्षाका लागि खटिएका एकजना तामाङ थरका सुरक्षाकर्मी (पीएसओ) मा कोभिड–१९ पोजेटिभ देखियो । नमुना २६ गते दिएको र नतिजा आज करिब १ः३० बजे थाहा भयो । त्यसैले शंकाको अवस्था पैदा भएको छ ।

 

मैले आफूमा संक्रमणको लक्षण वा असहजता अहिलेसम्म महशुस गरेको छैन । आशा छ, मलाई संक्रमण भएको छैन होला । तथापी सतर्कता र सावधानी अपनाउन आवश्यक ठानेर अहिले म आफ्नै निवासमा सामाजिक दूरी कायम राखेर बसेको छु । स्वास्थ्य मन्त्रालयका सम्वन्धित अधिकारीहरुसँग सम्पर्क र प्रारम्भिक परामर्श भएको छ । थप नयाँ कुरा भएमा यथासमयमा सम्प्रेषण गरिने नै छ । यसलाई सहज र सामान्य रुपमा लिइदिनुहुन सवै शुभेच्छुक प्रियजनमा अनुरोध छ ।’

 

उनले लेखेको स्टाटसमा न्यायाधीश हरि फुयाँलले आफू पनि खतिवडासँग एउटै इजलासमा बसेकाले सुरक्षित रहने उल्लेख गरेका छन् । उनीहरुको पीसीआर परीक्षणका लागि नमुना पठाइसकिएको छ । पोजेटिभ देखिएमा कन्ट्याक ट्रेसिङ गरेर उनीहरुसँग जोडिएको जो कोहीकोपनि परीक्षण गरिने स्वास्थ्यले जनाएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७