काठमाडौ । जग्गा किन्न, घर किन्न अथवा भएको जग्गामा घर बनाउन, घर मर्मत र सम्भार गर्न, बसोबासका लागि फ्ल्याट किन्न खोजिरहनु भएको छ ? तर भनेजति पैसा नहुँदा योजना त्यसै विफल भएको छ ? चिन्ता लिनु पर्दैन । नबिल बैकले अब सस्तो ब्याजमा यसका लागि ऋण दिने भएको छ । । बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठका अनुसार बैंकले आफ्नो ३६औं वार्षिकोत्सवका अवसर पारेर त्यस्ता ऋण दिन लागेको हो । बैंकका अनुसार उक्त ऋण वार्षिक ७.९९ प्रतिशत मात्र ब्याजदरमै ऋण उपलब्ध हुनेछ ।

 

के छन् ऋणका विशेषता ?

यो ऋण लिँदा तोकिएको ब्याजदर १ वर्षसम्म नबढ्ने, साथै केही महिनापछि अहिले ग्राहकले लिएको ७.९९ प्रतिशत ब्याजदर थप घट्न सक्ने । यस्तो ऋण लिइसकेपछि ३५ वर्षसम्म किस्ता तिर्दै घटाउन सकिने । न्यूनतम ७ लाखदेखि ५ करोड रुपैयाँसम्मको कर्जा पाइने । प्रशासनिक खर्चबापत नेपाल राष्ट्र बैंकले तोकेको ०.७५ प्रतिशत मात्रै शुल्क लाग्ने ।

 

 

योबाहेक अन्य शुल्क नलाग्ने । मालपोत तथा कागजातका लागि र भ्यालुएटरका लागि खर्च लाग्न सक्ने । बैंकका सबै शाखाबाट ऋण लिन सकिने । बैंकबाट घर, जग्गाको ऋण लिनेले सोको कागजपत्र धितो राख्ने वा जग्गा भए जग्गाको लालपुर्जा र चार किल्ला प्रमाणित कागजपत्र धितो राख्नुपर्नेछ । यस्तै, जग्गाको नक्सा प्रिन्ट भने बैंकले नै निकालिदिने ।

 

बनेको घर किन्नका लागि जग्गाको लालपुर्जासहित घरको नक्सापास, इजाजतपत्र, निर्माण सम्पन्नको कागजात, ऋणीले आफ्नो आम्दानीको स्रोत खुल्ने प्रमाणित कागज पनि बैंकमा बुझाउनुपर्नेछ । प्रक्रिया अघि बढेको ३–४ दिनमै ऋण स्वीकृत हुने, नहुनेबारे निर्णय दिइने । भ्यालुएटरले तय गरेको मूल्यमा ६० प्रतिशतसम्म र पहिलो पटक घर वा जग्गा किन्नेलाई ७० प्रतिशतसम्म ऋण प्रदान हुने ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु