काठमाडौं । लामो समयदेखि जारी आन्तरिक विवाद मिलाउन बसेको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको पछिल्लो विवाद सुल्झाउने गरी भएको छलफल सकारात्मक भएको छ । दुई अध्यक्षबीचको बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको चार घण्टा लामो संवाद सकारात्मक भएको उल्लेख गरिएको छ ।

दाहालको सचिवालयले भेटघाट सकारात्मक भएको र शुक्रबार पुनः बस्ने सहमति भएको जानकारी दिएको छ । महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु पनि परिवर्तनलगायतका समग्र विषयमा छलफल भएको बताइएको छ ।

दोस्रो तहका नेताहरुको लबिङपछि दुई अध्यक्षबीच भेटवार्ता तय भएको थियो । महासचिव विष्णु पौडेलसहित स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्मा दुई अध्यक्षबीच संवाद र सहमति जुटाउने कोशिषमा लागेका थिए । बिहीबारको ओली र दाहाल संवादमा केही समय पौडेल, पोखरेल र शर्मा पनि बसेका थिए ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो । यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु