काठमाडौं । नेपालमा आज लकडाउन खुलेपछिकै धेरै कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो संख्या लकडाउन खुलेपछि एकदिनमा थपिएको अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा देशका विभिन्न ३८ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ९५७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ। हाल १४ हजार ७ सय ६९ जना क्वारेन्टाइनमा छन् । नेपालमा कोरोना कारण ज्यान गुमाउनेहरुको संख्या ९५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु