काठमाडौं । नेपालमा गएको २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यस्तै काठमाडौं उपत्यकामा १२७ सहित देशभर ५२५ जना बिरामी थप भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार यस्तो जानकारी गराएको हो । यो वृद्धिसँगै कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको २२ महिलासहित सङ्ख्या ९५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २४,९५७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८,०२५ जनामा सक्रिय सङ्क्रमण छ भने १६,८३७ जना भाइरसमुक्त भएका छन् । तपाँईलाई जानकारी गराउँ गएको एक सातामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु