काठमाडौं । सिन्धुपाल्चोक प्रहरीले गम्भीर प्रकरणमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । जानकारी अनुसार चोरी गर्ने टिपर चालक, सहचालक तथा चोरीको सामान खरिद गर्ने बस चालकलाई नियन्त्रणमा लिइएको हो ।

 

गत बुधबार रातको समयमा सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१० स्थित पार्किङ गरी राखेको बा ३ ख ६५६० नम्बरको टिपरबाट २ थान ब्याट्री, एक थान डाईनामो, एक थान हर्न कट आउट र डिजेल ११० लिटर चोरी गर्ने ४ जना टिपर चालक, सहचालकसँगै १ जना बस चालक पनि पक्राउ परेका हुन् ।

 

सिन्धुपाल्चोक प्रहरीका अनुसार ५ जना मानिसहरुलाई शुक्रबार राति १२ः३० बजेको समयमा समातिएको हो । चोरीका सामान सहित नियन्त्रणमा लिई चोरी मुद्दामा अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु