काठमाडौं । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले भारतको ७४औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई र शुभकामना दिनु भएको हो ।

 

प्रचण्डले शनिबार ट्वीट गर्दै भन्नु भएको छ, ‘७४औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री मोदीजी, उहाँको सरकार र भारतीय जनतालाई बधाई तथा शुभकामना दिन चाहन्छु ।’ भारतको स्वतन्त्रता दिवसको सन्दर्भ पारेर शनिबार नै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री मोदीलाई ट्वीटसँगै, टेलिफोन गरेर बधाई दिनु भएको थियो ।

 

 

प्रधानमन्त्री ओलीले शुक्रबार ७४औँ स्वतन्त्रता दिवसका अवसरमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पनि बधाई तथा शुभकामना दिनु भएको थियो । तर अध्यक्ष प्रचण्डले भने पाकिस्तानलाई स्वतन्त्रता दिवसका अवसरमा कुनै सन्देश प्रवाह गर्नुभएन् । यसरी नेकपा अध्यक्ष प्रचण्डको झुकाव भारतप्रति धेरै भएको आंकलन गर्न थालिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु