काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पार्टीभित्रको जारी विवाद समाधान गर्न सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिने भएको छ । कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले माग गरे बमोजिम अध्यक्षद्धय केपी ओली र प्रचण्ड बैठक बोलाउन सहमति हुनुभएको हो । ओली र प्रचण्डको सहमतिमा पार्टीभित्रको विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बनाइएको थियो ।

 

त्यसैगरी पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठनको गृहकार्य अगाडि बढाउनुभएको छ । आगामी एक साताभित्र मन्त्रीमण्डल पुर्नगठन हुने नेकपाका एक स्थायी समिति सदस्यले बताए । खासगरी दुई बर्षको अवधिमा पनि राम्रो काम गर्न नसकेका मन्त्रीहरुलाई विदाई गरेर नयाँलाई अवसर दिने ओली र प्रचण्डबीच सहमति भएको खबर समाचार पत्रले छापेको छ ।

 

 

यसरी मिल्यो पार्टीभित्रको विवाद

नेपाल कम्युनिस्ट पार्टीभित्र चुलिएको विवाद अन्तत साम्य भएको छ । सहमतिको खाका तयार भएकाले आज सचिवालय बैठक बस्ने एकिन जस्तै भएको छ । सहमतिका लागि पार्टी कमिटी र मन्त्रिमण्डलमा पुर्नगठन हुने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पुर्नगठन गर्ने लगभग सहमति बनेपछि त्यही खाका कार्यदलले तयार गरेको छ । नयाँ खाका अनुसार अब पार्टीको जिम्मेवारी र मन्त्रीहरु हेरफेर हुने पक्का भएको एक नेताले बताए ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधामन्त्री दुवै पदबाट राजीनामा दिनुनपर्ने र अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि मान्य हुने गरी सहमतिको खाका तयार भएको छ । दुई अध्यक्षबीच सहमतिको खाकाबारे लगभग सहमति भएको बुझिएको छ ।

 

विश्वस्त स्रोतका अनुसार दुई अध्यक्षबीच शक्तिको बाँडफाँड गरिने भएको छ । सरकार ओलीले र पार्टी प्रचण्डले चलाउने गरी खका बनाइने सहमति भएको छ । मन्त्रीमण्डल पुर्नगठन र केही मुख्यमन्त्रीमा समेत हेरफेर हुने कार्यदलमा सहभागी एक नेताले बताए ।

 

सहमतिको खाका तयार गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनाइएको छ सदस्यीय कमिटी आफैमा अर्थपूर्ण छ । कमिटीले दुई अध्यक्षबीच भएको सहमति अनुसार खाका तयार गरेको छ । सहमति निर्माणमा सक्रिय भुमिका खेलेका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जर्नादन शर्माले दुवै समुह मिलाउँन विशेष भूमिका खेलेका छन् ।

 

कार्यदल पौडेलकै संयोजकत्वमा गठित भएको थियो । कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल, जर्नादन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुषाल रहेका थिए । स्रोतको दावी अनुसार पुर्नगठित मन्त्रीमण्डलमा कार्यदलमा रहेका संयोजक पौडेल बाहेक सबै जना मन्त्री बन्ने सम्भावना रहेको बुझिएको छ । पौडेल पार्टीकै जिम्मेवारीमा रहने र शंकर पोखरेलले मुख्यमन्त्री छाडेर मन्त्री बन्ने सम्भावना रहेको बुझिएको छ । जर्नादन शर्मा गृह मन्त्री, भीम रावल परराष्ट्र वा सञ्चार र सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्ने सम्भावना रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । पम्फा भुषाल पनि मन्त्री बन्ने निश्चितप्रायः छ ।

 

अहिले भएकामध्ये प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल मन्त्री कायमै रहने सम्भावना रहेपनि अन्य मन्त्रीहरुमा फेरबदल हुने सम्भावना रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । सम्भवतः आउँदो हप्ता मन्त्रीमण्डल पुर्नगठन हुनेछ । पुर्नगठित मन्त्रीमण्डलमा ओली, प्रचण्ड, नेपाल, खनाल र गौतम पक्षका नेताहरुको समान सहभागिता हुने गरी तयारी भएको छ ।

 

सहमतिको खाका तयार गरेपछि आज नै सचिवालय बैठक बसी यसबारे छलफल हुने भएको छ । सोमबार बैठक बसी निष्कर्षमा पुगी कार्यान्वयनमा लगिने बुझिएको छ । आजको सचिवालय बैठकले विवाद समाधान गर्न गठन गरिएको कार्यदलको वैधानिकतामा वरिष्ठ नेताहरूले प्रश्न उठाएपछि सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी भएको छ । सचिवालय बैठकबाट अनुमोदन भएपछि कार्यदलले तयार पारेको सहमतिको खाकामा टेकेर पार्टी विवाद समाधान हुनेछ ।

 

त्यसका लागि सोमबार सचिवालयको बैठक डाकिएको हो एक नेताले बताए । कार्यदल गठन र त्यसले पाएको कार्यादेश अनुमोदनका लागि सचिवायल बैठक डाकिएको हो । सचिवालय सदस्यहरूलाई बैठक सोमबार बिहान साढे नौ बजे बस्ने सूचना गरिएको छ । नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि चुलिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

 

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको सहमतिमा मात्र कार्यदल बनेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतले असन्तुष्टि जनाएका थिए । शनिबार प्रचण्डलाई भेटेर नेताहरूले असन्तुष्टि जनाएका हुन् । त्यसपछि त्यसको बैधानिकताका लागि बैठक बोलाइएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु