काठमाडौं । हाइड्रो उत्पादकहरुको संस्था इप्पान अध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसम्मतिमा चयन हुनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ कार्यसमितिमा आचार्य सर्वसम्मतिमा चयन हुनुभएको हो । इप्पानको आइतबार भएको भेलाले सर्वसम्मतिबाट नयाँ कार्यसमिति चयन गरेको थियो ।

 

उक्त भेलाले आचार्यलाई अध्यक्षमा चयन गरेको छ । वाम र प्रजातान्त्रिक प्यानलबीच निर्वाचनमार्फत नेतृत्व चयन गर्ने रस्साकस्सीका बीच इपानमा आचार्यका नाममा सर्वसम्मति जुटेको हो । बिन्दवासिनी हाइड्रो पावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष आचार्य निर्माणाधीन १ सय ५५ मेगावाटको धुन्साखोला (तेह्रथुम), ४८.८ मेगावाटको खिम्ति–२ (दोलखा), २० मेगावाटको लाङटाङखोला (रसुवा) र व्यवसायिक उत्पादनमा रहेको मोदी खोला–१ (पर्वत) हाइड्रो पावरसँग सम्वद्ध छन् ।

 

 

आचार्य २०६३÷०६३ को जनआन्दोलनपछि गठित अन्तरिम संसदमा उद्योगी–व्यवसायीका तर्फबाट सांसदसमेत थिए ।  यसअघि इपानको कार्यसमिति ९ सदस्यीय रहेकामा विधान संशोधन गरी १६ सदस्यीय बनाइएको छ । समितिका तीन उपाध्यक्षमा क्रमशः आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी चयन भए ।

यसैगरी उपाध्यक्षहरुमा गणेश कार्की, आशिष गर्ग र मोहन कुमार डाँगी चुनिएका छन् । यस्तै महासचिव गोरे शेर्पा, सचिवहरुमा भरत बहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य चयन भएका छन् भने कोषाध्यक्षमा आनन्द चौधरी चयन भउका छन् । यसैगरी भेलाले इप्पानको सदस्यहरुमा भरतकुमार खड्का, उत्तम ब्लोन, प्रकाश दुलाल, भरत लामिछाने चुनिएका छन् । त्यस्तै महिला सदस्यमा कविता पोखरेल र अविज्ञा मल्ल चयन भएका हुन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु