काठमाडौं । महत्वपूर्ण विषयमा छलफल गर्न तीन नेताहरुबीच वार्ता सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको हो । सोमबार नेकपाको सचिवालय बैठक सकिएसँगै सभापति शेरबहादुर देउवा बालुवाटार जानु भएको हो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापतिबीच केहीबेर अघिदेखि छलफल सुरु भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।

तीन नेताबीच विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्ति, विश्वविद्यालयमा रिक्त रहेका पदाधिकारी नियुक्ति तथा कोरोना महामारी नियन्त्रण र रोकथामका बारेमा छलफल हुने बताइएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु