काठमाडौं । सामान्य विषयलाई लिएर सुरु भएको विवाद उग्र बन्दा बारा रणभूमि बनेको छ । पानी निकासको विषयलाई लिएर सोमबार दुई छिमेकी गाउँलेबीच विवाद हुँदा वडा अध्यक्षसहित ९ जना गाउँले र ४ प्रहरी घाइते भएका हुन् । आदर्श कोतवाल गाउँपालिका–६ का वडाध्यक्ष मधुसुदन जयसवालसहित प्रहरी र गाउँले घाइते भएका हुन् । गाउँलेले ४ जना प्रहरीलाई घाइते पारेका छन् ।

सिम्रौनगढ नगरपालिका–११ को भगवानपुर र आदर्श कोतवाल गाउँपालिका–६ को पटेर्वा गाउँलेबीच विवाद भएको हो । भगवानपुरका गाउँलेहरु कुलो थुनेर माछा मारिरहँदा कुलोको पानीले पटेर्वा गाउँका धान खेत डुबानमा पर्न थालेपछि पटेर्वाका वडाध्यक्ष मधुसुदन जयसवालसहतिका गाउँलेहरु थुनिएको कुलो खुला गराउन दबाब दिन भगवानपुर पुगेका थिए । त्यही क्रममा भनाभन भएपछि तनाव भएको हो । दुवै छिमेकी गाउँबीच कुलो निस्केको छ ।

प्रहरीले लाठीचार्जले स्थिति नियन्त्रणमा नआएपछि अश्रु ग्यास प्र हार र हवाई फा यर गरिएको जानकारी दिएको छ । घाइतेहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । सिम्रौनगढ इलाका प्रहरी कार्यालयबाट पुगेका प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिन १३ रा उ न्ड हवाई फा यर र ६ सेल अश्रु ग्यास प्र हार गरेर भीड तितरबितर पारेका थिए । अहिले अवस्था समान्य छ । त्यहाँ प्रहरीको टोली सुरक्षाका लागि खटाइएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु